प्रदेशमा विकृतिको अर्को नमुना : दुई सातासम्म मुख्यमन्त्री एक्लै, मन्त्रीविहीन कर्णाली सरकार
corporatenepal.com · Tue Aug 11 02:16:20 GMT 2026

सुर्खेत । संघीयताको अभ्याससँगै प्रदेश सरकारलाई अधिकारसम्पन्न र प्रभावकारी बनाउने परिकल्पना गरिएको थियो। तर कर्णाली प्रदेशमा पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारको निर्णय क्षमता र स्वायत्ततामाथि नै प्रश्न उठाएको छ। मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसक्दा कर्णाली सरकार प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।
साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका मंगलबहादुर शाही यतिबेला प्रदेश सरकारका एक्ला मन्त्रीसरह देखिएका छन् । मन्त्रालयहरू मन्त्रीविहीन छन्, सबै मन्त्रालयको वेभसाइटमा मुख्यमन्त्रीको मात्रै तस्वीर छ । सरकारका महत्वपूर्ण निर्णय प्रक्रियामा राजनीतिक अन्योल कायमै छ र सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डा तथा मन्त्री छनोटको विषय टुंगिन सकेको छैन।
Read full story at source (corporatenepal.com)