प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा
clickmandu.com · Tue Aug 11 02:26:03 GMT 2026

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार ८८८ कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले मंगलबार (साउन २६ गते) एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूलाई उक्त सेयर खरिदका लागि ३५ दिने दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार, इन्स्योरेन्सको संस्थापक सेयरधनी ‘श्री नेचर ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट’ को नाममा कायम रहेको उक्त परिमाणको सेयर बिक्री गर्न लागिएको हो । प्रचलित नियमअनुसार संस्थापक सेयर बिक्री गर्दा सबैभन्दा पहिले विद्यमान संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान भएकाले यो अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
Read full story at source (clickmandu.com)