नेपाली क्रिकेटमा नेतृत्व परिवर्तन, रोहितलाई क्यानको धन्यवाद
nepalnews.com · Tue Aug 11 03:36:03 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तानी जिम्मेवारीबाट रोहित पौडेललाई हटाउँदै उनको योगदानको सम्मान गरेको छ। क्यानले सामाजिक सञ्जालमार्फत रोहितलाई धन्यवाद दिँदै उनको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धिहरू स्मरणीय रहने जनाएको हो।
क्यानले रोहितले नेपाली क्रिकेटको विकास, टोलीको प्रदर्शन सुधार र समर्थकहरूको अपेक्षा पूरा गर्न पुर्याएको योगदानको प्रशंसा गरेको छ।
Read full story at source (nepalnews.com)