वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ
corporatenepal.com · Tue Aug 11 03:38:21 GMT 2026

काठमाडौं । प्रहरीले पर्साबाट स्रोत खुल्न नसकेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका मोटरसाइकल खानतलासी गर्दा ठूलो परिमाणमा नगद फेला परेको थियो । पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्ला डुमरा थाना निवासी २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
Read full story at source (corporatenepal.com)