कोलम्बियामा शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु, ५७० घाइते
kalakarmi.com · Tue Aug 11 03:42:09 GMT 2026

पेरेइरा– दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमवार बिहान ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले राष्ट्रपति नेतृत्वमा बसेको विपद् व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो । संघका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित शहर पेरेइरामा मात्रै ६० जनाको ज्यान गएको छ ।
Read full story at source (kalakarmi.com)