वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन
nepalviews.com · Tue Aug 11 03:52:25 GMT 2026

काठमाडौं । वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। सोमबारराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनका छोरा विभास लाभका अनुसार राति घरमा नातिसँग खेलिरहेका बेला डा. विमलको स्वास्थ्यमा एक्कासि समस्या उत्पन्न भएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको, तर उपचारकै क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि रातको करिब १ बजे उनको निधन भएको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जनकपुर–१० देवीचौकस्थित निजी निवासमा राखिएको छ भने आजै स्वर्गद्वारीमा उनको अन्त्येष्टि गरिनेछ।
Read full story at source (nepalviews.com)