संयुक्त दलीय आवाजः समस्या सुन्ने होइन, समाधान गर्ने प्रशासन चाहियो
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
हुम्ला । हुम्लाका चार प्रमुख राजनीतिक दल जिल्ला प्रशासन कार्यालय पुगे। उद्देश्य एउटै थियो—वर्षौंदेखि थाँती रहेका जिल्लाका समस्या समाधानका लागि प्रशासनको ध्यानाकर्षण गराउनु। तर छलफलबाट फर्किंदा अर्को प्रश्न थपियो—समस्या उठाउने नागरिक र दल धेरै भए, समाधान गर्ने अधिकार बोकेको प्रशासन कति सक्रिय छ ?
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर कर्णाली करिडोरको दयनीय अवस्था, चीनबाट हुने अवैध मदिरा भित्र्याउने समस्या, जुवातास नियन्त्रण, मानसरोवर जाने विषय, हुम्लाको बेलीब्रिज मुगु लैजाने विषय, सीमा पासलगायत जिल्लाका समसामयिक सवालमा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको ध्यानाकर्षण गराएका छन्।
Read full story at source (hamrakura.com)