तीन जना सवार मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृत्यु, दुई घाइते
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल सडक छेउमा बिग्रिएर बनाउँदै गरेको मिनी ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका-३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार रहेका छन्। गम्भीर घाइते भएका कहारको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा चिकित्सकले राति ११ः१३ बजे मृत्यु भएको घोषणा गरेका हुन्।
Read full story at source (hamrakura.com)