बौधीमाई नगरपालिकाले खारेज गर्यो आइतबारे बिदा, कार्यालय समय पनि पुरानै
corporatenepal.com · Tue Aug 11 03:59:58 GMT 2026

रौतहट । संघीय सरकारले आइतबार पनि दिँदै आएको सार्वजनिक बिदा रौतहटको बौधीमाई नगरपालिकाले खारेज गरेको छ । संघीय सरकारको निर्णयअनुसार यसअघि आइतबार पनि दिइँदै आएको बिदा अहिले कटौती गरिएको हो ।
नगरपालिकाको कार्यालयले सूचना जारी गर्दै संघीय सरकारको निर्णयअनुसार हरेक हप्ता आइतबारका दिन पनि दिइँदै आएको बिदा नगरपालिकाले कटौती गरेको भन्दै सम्पूर्ण कर्मचारी र सेवाग्राहीको नाममा सोमबार सार्वजनिक सूचना जारी गर्दै मंगलबारदेखि पुरानै समयमा कार्यालयमा आउन भनिएको छ ।
Read full story at source (corporatenepal.com)