अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह, स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
ratopati.com · Tue Aug 11 04:14:30 GMT 2026

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्याउन सहजिकरण छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्याइएको हो ।
गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिण्डर वितरण गरिएको छ । ग्यासको अभाव भएका आश्रमहरुमा समेत आश्रममा नै ग्यास पुर्याइएको हो ।
Read full story at source (ratopati.com)