सरकारमा जान 'प्रचण्डका ज्वाइँ'को जोडबल, रोक्न लागिपरे आफ्नै पार्टीका नेता !
lokaantar.com

कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)भित्र मन्त्री छान्न सकस परेको छ । विशेषगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यलाई सरकारमा जानबाट रोक्न कोशीका नेताहरूलाई निकै हम्मेहम्मे परेको हो ।
सोमबार मुख्यमन्त्री निवासमा नेकपा (एमाले) र नेकपाबीच भएको दोस्रो चरणको छलफल मन्त्रालयको भागबन्डा नमिल्दा निष्कर्षविहीन टुंगियो । नेकपाले सरकारमा सम्मानजनक सहभागिताका लागि ४ वटा मन्त्रालय दाबी गरेको छ । तर, मन्त्रालयको संख्याभन्दा पनि कसको नेतृत्वमा सरकारमा जाने र कसलाई मन्त्री बनाउने भन्ने आन्तरिक किचलो रहेको नेताहरूले बताएका छन् ।
Read full story at source (lokaantar.com)