दुर्घटनामा वडाध्यक्ष दोषी, ५२ दिनपछि दुईजना पक्राउ
nepalpress.com · Tue Aug 11 04:26:00 GMT 2026

रौतहट । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका रौतहट, मौलापुर नगरपालिका–३ का निरज कुशवाहाको मृत्यु भएको लामो समयपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सोही वडाका वडाध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ ।
घटनापछि लामो समयसम्म न्यायका लागि हारगुहार गर्दै आएका निरजका परिवारले प्रहरीको पछिल्लो कदमपछि बल्ल न्याय पाउने आशा पलाएको बताएका छन् । प्रहरीले दुर्घटनामा संलग्न रहेको आरोपमा मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरी र सोही स्थानका २८ वर्षीय त्रिकिशोर कुशवाहालाई सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
Read full story at source (nepalpress.com)