१०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
annapurnapost.com · Tue Aug 11 04:33:21 GMT 2026

वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्र्षाबाट लागू औषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्यको बेतिया जिल्लाको उजहरुपरजिलवा भागा श्रीनगर–३ घर भएका ५० वर्षीय सउरु चौधरीलाई रहेका छन् ।
सोमबार राति करिब ९ बजेको समयमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले सोनबर्र्षाबाट चौधरीलाई १०५ किलो गाँजासहित पक्राउ गरेको हो । गाँजासहित पक्राउ गरिएका चौधरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Read full story at source (annapurnapost.com)