कर्णालीका चार सहिदको स्मृतिमा दीप प्रज्ज्वलन
reportersnepal.com · Tue Aug 11 04:35:38 GMT 2026
कर्णाली, २६ साउन । कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवन आहुति दिने यहाँका चार सहिदको स्मृति दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको वीरेन्द्र चोकमा सोमबार अबेर दीप प्रज्ज्वलन गरिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दीप प्रज्ज्वलन गरी प्रदेश स्थापनार्थ आफ्नो प्राण बलिदान गर्ने कर्णालीका चार सहिद हरिबहादुर कुँवर (जुम्ला) यामबहादुर विसी, टीकाराम गौतम र गोपालसिंह रजवार (सुर्खेत)को स्मरण गरे ।
Read full story at source (reportersnepal.com)