रविको ‘असाधारण शक्ति’ र बालेनको ‘सचिवालयको घेरा’का कारण रास्वपामा बढ्दै दूरी
barnanmedia.com · Tue Aug 11 04:28:24 GMT 2026

प्रधानमन्त्री बनेयता संसदमा जम्मा एक पटक बोलेका वालेन्द्र शाहले आफ्नो कुरा प्रायः सामाजिक सञ्जालबाटै सार्वजनिक गर्दै आएका छन्। उनले राष्ट्रका नाममा गरेको भिडिओ सन्देश समेत आफ्नै फेसबुक पेजबाट सार्वजनिक गरेका थिए।
साउन १० गते राति सुनसरी देवानगन्ज ३ को कप्तानगञ्जमा युवाहरूबीच भएको विवाद बढेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। जसकारण तीन जना युवाको ज्यान गयो। सो क्षेत्रका स्थानीय सरकार र प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिए। त्यसको असर सिरहासम्म पुग्यो। सरकारले सेना र प्रहरी खटाउँदा समेत स्थिति नियन्त्रणमा लिन सकेन। र, चार दिनपछि प्रधामनन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गरेपछि तनाव विस्तारै मत्थर हुँदै गयो।
Read full story at source (barnanmedia.com)