इरानी राष्ट्रपति मसुद र सर्वोच्च नेता मोज्तबाबीच सात घण्टा कुराकानी
kendrabindu.com · Tue Aug 11 04:40:56 GMT 2026

काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियनले सोमबार आफूले सर्वोच्च नेता आयतल्लाह मुज्तबा खामेनेईसँग करिब सात घण्टा लामो बैठक गरेको बताएका छन् । यद्यपि, उनीहरूबीच बैठक कहाँ भएको थियो भन्नेबारे उनले स्पष्ट जानकारी दिएका छैनन् ।
गत मार्चमा खामेनेई सर्वोच्च नेता नियुक्त भएयता इरानी राष्ट्रपतिले उनीसँग भेट गरेको जानकारी दिएको यो दोस्रो पटक हो । अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिताको मृत्यु भएपछि उनी सत्तामा आएका हुन् । सोही आक्रमणमा घाइते भएको ठानिएका खामेनेई त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन् ।
Read full story at source (kendrabindu.com)