कर्णालीमा बढ्दै पर्यटन व्यवसाय
baahrakhari.com · Tue Aug 11 04:43:00 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सेवा तथा व्यवसाय सञ्चालनका निम्ति अनुमति लिने क्रम बढेको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको कर्णालीमा यो व्यवसायसँग जोडिन निजी क्षेत्रको आकर्षण बढ्दै गएको प्रदेश सरकारको तथ्यांक छ ।
आर्थिक वर्ष २०८२/८३ मा यहाँ फनपार्क, रिभर गाइड तथा ट्राभल एजेन्सीतर्फ नयाँ अनुमति लिने व्यवसायी र सेवाप्रदायक थपिएका छन् । पर्यटनतर्फ चालु आर्थिक वर्षमा एउटा फनपार्कले इजाजत लिएको छ । गत आर्थिक वर्षमा पनि एउटा फनपार्कले इजाजत लिएको थियो ।
Read full story at source (baahrakhari.com)