घण्टाकर्ण पर्व मनाइँदै
nagariknews.nagariknetwork.com · Tue Aug 11 04:41:33 GMT 2026

सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ।
परापूर्वकालदेखि नेवार समुदायल मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ। पर्वको तयारीका लागि आज बिहानै स्नान, घर–आँगन सफा गरी पूजापाठ गरिन्छ।
Read full story at source (nagariknews.nagariknetwork.com)