इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
annapurnapost.com · Tue Aug 11 04:49:38 GMT 2026

काठमाडौं : प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा धनौजी गाउँपालिका–५ ठेगाना भएका मो. ताहिर राईनलाई पक्राउ गरेको हो ।
एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ ।
Read full story at source (annapurnapost.com)