यस वर्षको सूर्यग्रहण कहिले लाग्दैछ, कसरी हेर्न सकिन्छ ?
kendrabindu.com · Tue Aug 11 04:54:44 GMT 2026

काठमाडौं । बुधबार अर्थात् २७ साउन (१२ अगस्ट) मा विश्वका केही भागमा सूर्यग्रहण देखिनेछ। केही क्षेत्रहरूमा यो पूर्ण सूर्यग्रहण हुनेछ भने केही ठाउँहरूमा आंशिक सूर्यग्रहण देखिनेछ। यसलाई प्रत्यक्ष हेर्न नपाउनेहरूका लागि पनि सूचना प्रविधिको विकासका कारण विश्वभरबाट यसका उत्कृष्ट तस्बिरहरू उपलब्ध भइहाल्छन् ।
यो खगोलीय घटना चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा र सूर्यको आंशिक वा पूर्ण प्रकाशलाई पृथ्वीसम्म पुग्नबाट रोक्दा हुनेगर्छ। सूर्यग्रहण धेरै प्रकारका हुन्छन्। तपाईंले कुन ग्रहण देख्नुहुनेछ भन्ने कुरा तपाईं विश्वको कुन ठाउँमा हुनुहुन्छ र त्यस समयमा चन्द्रमा पृथ्वीबाट कति टाढा छ भन्ने कुरामा निर्भर गर्दछ।
Read full story at source (kendrabindu.com)