एस्टन भिल्लामाथि आर्सनलको जित, साकाको निर्णायक गोल
ratopati.com · Mon Aug 31 21:03:03 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलले एस्टन भिल्लालाई १–० गोल अन्तरले पराजित गरेको छ ।
एस्टन भिल्लाको मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे । उनले खेलको ५९ औँ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाएका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा साकाले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
Read full story at source (ratopati.com)