ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुङ्गा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने
techpana.com · Tue Aug 11 05:00:59 GMT 2026

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबिच नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क नगदरहित प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य व्यवसायीलाई क्यूआर कोडमार्फत सहज रूपमा शुल्क भुक्तानी गर्ने सुविधा उपलब्ध गराइनेछ । यसबाट सुरुङमार्ग प्रयोग गर्ने व्यवसायीलाई नगद बोकेर शुल्क तिर्नुपर्ने बाध्यता हट्ने तथा भुक्तानी प्रक्रिया थप सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ ।
Read full story at source (techpana.com)