सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
swasthyakhabar.com · Tue Aug 11 05:12:44 GMT 2026

नेपालको स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षा प्रणाली पुनः एकपटक गम्भीर संकटको मोडमा उभिएको छ। २४ औँ घण्टा बिरामीको सेवामा खटिने, रातभर आकस्मिक कक्ष सम्हाल्ने र देशको समग्र स्वास्थ्य व्यवस्थालाई आफ्नो काँधमा थाम्ने इन्टर्न तथा रेजिडेन्ट डाक्टरहरू आज आफ्नै न्यूनतम अधिकारका लागि सडकमा उत्रिन बाध्य छन्। केही निजी मेडिकल कलेज सञ्चालकहरूले इन्टर्न र रेजिडेन्ट डाक्टरहरूलाई नियमानुसार दिनुपर्ने निर्वाह भत्ता दिन नसकिने र सेवा सुचारु नगरे कारबाही गर्ने धम्कीपूर्ण वक्तव्य सार्वजनिक गरेका छन्। यो केवल भत्ता नदिने ढिट्याइँ मात्र होइन; मुलुकको विद्यमान श्रम ऐन, चिकित्सा शिक्षा आयोगको नियम र मानव अधिकारको ठाडो उल्लंघन हो।
अन्तर्राष्ट्रिय अभ्यास र छिमेकीको पाठ
Read full story at source (swasthyakhabar.com)