एकैदिन ६४०० ले बढ्यो सुनको भाउ, कट्यो तोलामै ३ लाख ७ हजार
himalpress.com · Tue Aug 11 05:24:39 GMT 2026

काठमाडौँ- नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। सोमबार तोलामा दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
Read full story at source (himalpress.com)