ट्रम्पको गोप्य उडानको खुलासा
reportersnepal.com · Tue Aug 11 05:34:10 GMT 2026

वासिङ्टन, २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ । उनले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाडेको वासिङ्टन पोस्टले सोमबार जनाएको छ ।
पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प जुलाई ८ मा अङ्कारामा एयर फोर्स वन विमानमा चढेको थियो । त्यसपछि उनी विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमा गएको र उक्त कन्टेनरमार्फत सानो सी–३२ए विमानसम्म पुर्याइएको थियो । सो विमानले उनलाई बेलायत पुर्याएको थियो ।
Read full story at source (reportersnepal.com)