आज सुन तोलामा ६ हजार ४ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
bishowkhabar.com · Tue Aug 11 05:31:38 GMT 2026

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ । अघिल्लो दिन घटेको सुनको भाउ आज प्रतितोला ६ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
Read full story at source (bishowkhabar.com)