इरानी धम्कीपछि ट्रम्प गोप्य उडानबाट सुटुक्क बेलायत पुगेको खुलासा, पत्रकारलाई समेत झुक्याइयो
reportersnepal.com · Tue Aug 11 05:46:16 GMT 2026

काठमाडौं, साउन २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ । उनले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाड्नुभएको वासिङ्टन पोस्टले सोमबार जनाएको छ ।
एक अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्प जुलाई ८ मा अङ्कारामा एयर फोर्स वन विमानमा चढेका थिए । त्यसपछि उनी विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमा गएको र उक्त कन्टेनरमार्फत सानो सी–३२ए विमानसम्म पुर्याइएको थियो । सो विमानले उनलाई बेलायत पुर्याएको थियो ।
Read full story at source (reportersnepal.com)