‘गुँरासै फुल्दा वनै रमाइलो’ नयाँ भर्सनमा, मेलिना राईले दिइन् स्वर
himalpress.com · Tue Aug 11 05:55:03 GMT 2026

काठमाडौँ- कुनैबेलाको चर्चित गीत ‘गुराँसै फुल्दा’ पुर्नजीर्वित भएको छ। भारतीय गायिका साधना सरगमको स्वर रहेको गीतमा दयाराम दाहालको शब्द तथा सचिन सिंहको संगीत रहेको सोही गीत फिल्म ‘सुपरस्टार’मा समावेश थियो। अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’मा गीतलाई ‘रि-क्रिएट’ गरेर समावेश गरिएको छ ।
संगीतकार वसन्त सापकोटाले ‘रि-क्रिएट’ गरेको गीतमा मेलिना राईले स्वर दिएकी छन्। संगीत संयोजन सुहास शाक्यको रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउतले परम्परागत पहिरनमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको भिडियोमा पवन सुस्लिङ्गको छायांकन, सम्पादन तथा कलर रहेको छ ।
Read full story at source (himalpress.com)