अर्थतन्त्रको मुख्य आधारस्तम्भ अटोमोबाइल क्षेत्र: अध्यक्ष अग्रवाल
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्त्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताएका छन्। नाइमा अटो शो (नाइमा मोबिलिटी एक्स्पो २०२६) को उद्घाटन समारोहमा बोल्दै उनले यस क्षेत्रलाई केवल विलासिताको साधनका रूपमा नभई आर्थिक विकासको प्रमुख इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका हुन्।
अध्यक्ष अग्रवालका अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा मोबिलिटी क्षेत्रको योगदान करिब सात प्रतिशत रहेको छ भने यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको छ। बैंकिङ, बीमा, पर्यटन, निर्माण र सूचना प्रविधिसँग गहिरो अन्तरसम्बन्ध रहेको यस क्षेत्रले अर्थतन्त्र चलायमान बनाउन ठूलो भूमिका खेलेको छ।
Read full story at source (hamrakura.com)