एमाले केन्द्रीय कमिटी बैठक भदौ दोस्रो साता बस्ने
ratopati.com · Tue Aug 11 06:25:56 GMT 2026

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदल प्रतिवेदन ‘होल्ड’ गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो सातासम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठकअघि भदौ पहिलो साता सचिवालय बैठक बोलाउने र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे ओलीले आन्तरिक छलफल चलाएको ओली निकट स्रोतले जनाएको छ ।
‘सम्भवतः भदौ दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने कि भन्ने अध्यक्षको भनाइ छ । त्यसअघि सचिवालय बैठक पनि बस्न सक्छ’ ओली निकट एक पदाधिकारीले रातोपाटीसँग भने, ‘त्यसअघि अध्यक्षले पदाधिकारीसँग छलफल गर्नुहुनेछ ।’
Read full story at source (ratopati.com)