आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो
barnanmedia.com · Tue Aug 11 06:16:56 GMT 2026

स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार नौ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार सात सय ८० कायम भएको छ ।
Read full story at source (barnanmedia.com)