‘अटो बजारलाई हेर्ने राजस्वमुखी सरकारी चस्मा फेर्न जरुरी’
clickmandu.com · Tue Aug 11 06:32:44 GMT 2026

सर्वप्रथम, नाइमाको यो दोस्रो ‘मोबिलिटी एक्स्पो’ को उपलक्ष्यमा अध्यक्षलगायत सम्पूर्ण कार्यसमिति र अटोमोबाइल उद्यमी साथीहरूलाई हार्दिक बधाई दिन चाहन्छु । नेपालको अटोमोबाइल सेक्टरलाई अगाडि बढाउन नाइमाले जुन भूमिका खेलेको छ, त्यो प्रशंसनीय छ ।
अहिले हामी ‘मोबिलिटी’ वा गतिशीलताको कुरा गरिरहेका छौँ । वास्तवमा यो एउटा बृहत् इकोसिस्टम हो। यो कनेक्टिभिटी, ऊर्जा, प्रविधि, र वातावरणसँग मात्र होइन, अन्ततः मुलुकको आर्थिक विकाससँग जोडिएको हुन्छ । जहाँ लगानीको सम्भावना हुन्छ, त्यहाँ मोबिलिटीको चर्चा हुन्छ । त्यसैले नेपालमा सुरक्षित, दिगो र प्रविधिमैत्री विकास आवश्यक छ, जसमा नाइमा र अटोमोबाइल व्यवसायीहरूको ठूलो भूमिका छ ।
Read full story at source (clickmandu.com)