भृकुटीमण्डपमा सुरु भयो अटो कुम्भमेला, उद्घाटन सत्रमा कसले के भने?
ratopati.com · Tue Aug 11 06:35:53 GMT 2026

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य सुरुवात भएको छ। नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नवीन प्रविधि, सवारी साधन र यससँग सम्बन्धित बहुआयामिक विषयहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ नाईमा नेपालक ाे आयोजनामा उक्त एक्स्पो सुरु भएको हो ।
मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य संयुक्त रुपमा एक्स्पोको औपचारिक उद्घाटन गरे । साउन ३१ गतेसम्म चल्ने यस प्रदर्शनीमा चारपाँग्रे, दुईपाँग्रे र व्यावसायिक सवारीका ५५ भन्दा बढी ब्रान्डले सहभागिता जनाएका छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारी साधन सार्वजनिक हुने नाइमा नेपालले जनाएको छ ।
Read full story at source (ratopati.com)