आफ्नो मोबाइल नम्बर गोप्य राखेर यसरी प्रयोग गर्नुहोस् ह्वाट्सएपमा आएको नयाँ युजरनेम फिचर
techpana.com · Tue Aug 11 06:27:47 GMT 2026

काठमाडौं । ह्वाट्सएप विश्वकै लोकप्रिय मेसेजिङ एप भए तापनि यसमा एउटा ठुलो कमजोरी थियो- कसैलाई मेसेज गर्न वा कसैको मेसेज प्राप्त गर्न आफ्नो मोबाइल नम्बर अनिवार्य रूपमा दिनुपर्थ्यो । तर, अब यो बाध्यता हट्ने भएको छ । ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता (Privacy) लाई थप मजबुत बनाउन युजरनेम (Username) फिचर ल्याएको छ ।
यो फिचर सार्वजनिक भएसँगै अब तपाईंले आफ्नो व्यक्तिगत मोबाइल नम्बर नदिइकनै अपरिचित व्यक्ति वा व्यवसायहरूसँग कुराकानी गर्न सक्नु हुनेछ । हाल यो फिचर बिस्तारै विभिन्न देशहरूमा उपलब्ध गराइँदै छ । यदि तपाईंको एपमा यो फिचर अझै आएको छैन भने केही समय कुर्नुपर्ने हुन सक्छ ।
Read full story at source (techpana.com)