कोलम्बियाको भूकम्पप्रति सरकारले गर्यो दुख व्यक्त
ratopati.com · Tue Aug 11 06:42:49 GMT 2026

काठमाडौँ । कोलम्बियाको पश्चिम भागमा गएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक प्रेसनोट जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट कोलम्बिया सरकार तथा त्यहाँका जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।
Read full story at source (ratopati.com)