जय नेपाल पार्टीको निर्वाचन आयोगमा दर्ता गर्ने समय किन सर्यो ?
onlinekhabar.com · Tue Aug 11 06:36:43 GMT 2026

२६ साउन, काठमाडौं । डा. धवलशमशेर राणाको नेतृत्वमा गठित जय नेपाल पार्टीको निर्वाचन आयोगका दर्ता गर्ने समय पर सारिएको छ ।
साउन २८ गते निर्वाचन आयोगमा दर्ता गर्ने गरी यसअघि निर्णय गरिएको थियो । आगामी विहीबारका लागि तय भएको पार्टी दर्ताको कार्यतालिका पर सरेको उक्त पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । ‘नयाँ पार्टी गठन तथा दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरू हामीले अझै पूरा गरिसकेका छैनौँ । अहिले पनि पार्टी गठन, संगठनात्मक संरचना तथा अन्य आवश्यक विषयमा आन्तरिक छलफल र तयारी भइरहेको छ,’ प्रसाईले भने ।
Read full story at source (onlinekhabar.com)