अत्तर लगाएकै कारण हुन्छ स्तन क्यान्सर ?
ratopati.com · Tue Aug 11 07:08:53 GMT 2026

काठमाडौँ । स्तन क्यान्सर महिलामा बढी देखिने रोग हो । तर यसको अर्थ पुरुषलाई स्तन क्यान्सर हुँदैन भन्ने होइन । पुरुषमा पनि यो रोग हुन सक्छ । स्तन क्यान्सरबारे हाम्रो समाजमा विभिन्न भ्रम र मिथकहरू देख्न र सुन्न पाइन्छ । त्यसमध्ये एउटा हो अत्तर वा डिओडोरेन्टको प्रयोगले स्तन क्यान्सर गराउँछ भन्ने धारणा । तर विज्ञहरूका अनुसार अत्तर वा डिओडोरेन्ट प्रयोग गरेकै कारण स्तन क्यान्सर हुने प्रमाण छैन ।
यो भ्रम मात्र हो । डिओडोरेन्ट वा अत्तरको प्रयोगले स्तन क्यान्सरको जोखिम बढाउँछ भन्ने वैज्ञानिक प्रमाण अहिलेसम्म भेटिएको छैन । त्यसैले अत्तर वा डिओडोरेन्ट प्रयोग गरेकै कारण स्तन क्यान्सर हुन्छ भनेर डराउनुपर्ने आवश्यकता छैन ।
Read full story at source (ratopati.com)