मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ : अध्यक्ष अग्रवाल
nepalsamaya.com · Tue Aug 11 07:13:11 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।
मंगलबार नाइमा मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको बताए। उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको छ।
Read full story at source (nepalsamaya.com)