प्रियंकाको ‘मास्टर्नी’को गीत ‘गुराँस फुल्दा’ सार्वजनिक
ratopati.com · Tue Aug 11 07:25:46 GMT 2026

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को गीत ‘गुराँस फुल्दा’ सार्वजनिक गरिएको छ। मेलिना राईको स्वरमा रहेको गीतमा वसन्त सापकोटाको रि–एरेन्ज र दयाराम दाहालको शब्द छ।
यसअघि चलचित्र ‘सुपरस्टार’मा समावेश यो गीतको ओरिजिनल भर्सनमा सचिन सिंहको संगीत र साधना सरगमको स्वर छ। गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउत फिचर छन्। गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको भिडियोमा पवन सुश्लिङको छायांकन, सम्पादन र कलर रहेको छ।
Read full story at source (ratopati.com)