३९ श्रीमती, ९४ सन्तान र १०० कोठाको घर !
kendrabindu.com · Tue Aug 11 07:26:18 GMT 2026

काठमाडाैं । ३९ श्रीमती र ९४ सन्तान! सुन्दा पत्याउन गाह्रो पर्ने यो सत्य कथा भारतको मिजोरम राज्यका जियोना चाना र उनको असाधारण परिवारको हो। एउटै छानामुनि बस्ने यो विशाल परिवारको चर्चा विश्वभर भइरहेको छ ।
मिजोरमको ‘बक्तावङ’ गाउँमा बस्ने चानाको परिवार कुनै साधारण घरमा नभई चार तले र करिब १०० वटा कोठा भएको विशाल भवनमा बस्थ्यो। चानाका ३९ श्रीमती, ९४ सन्तान, नातिनातिना र बुहारीहरू गरी कुल १८१ जना सदस्य एउटै घरमा बस्थे। यो विशाल परिवारका लागि एक छाक खाना तयार पार्न मात्रै दर्जनौँ किलो चामल र मासु खपत हुन्थ्यो, जसको व्यवस्थापन उनका श्रीमतीहरूले सैन्य अनुशासनका साथ पालैपालो सम्हाल्थे।
Read full story at source (kendrabindu.com)