भारतमा दक्षिण कोरियाली लगानीको लहर
lokaantar.com

भारतमा दक्षिण कोरियाली लगानीको आगामी लहर परम्परागत अटोमोबाइल, उपभोक्ता इलेक्ट्रोनिक्स र उत्पादन क्षेत्रभन्दा अगाडि बढ्ने भएको छ । अब जहाज निर्माण (शिपबिल्डिंग) र सेमिकन्डक्टर आपूर्तिकृत् श्रृंखला नयाँ चासोका क्षेत्रको रूपमा उदाएका छन् भने पश्चिम बंगालले दक्षिण कोरियाली कम्पनीहरूका लागि भारतमा प्रवेश गर्ने मुख्यद्वारको रूपमा आफूलाई उभ्याउने सम्भावना देखाएको द टेलिग्राफले जनाएको छ ।
समाचारअनुसार भारतका लागि दक्षिण कोरियाका राजदूत ली सेओंग-होले सोमबार भारतीय उद्योग परिसंघद्वारा आयोजित एक सत्रमा बोल्दै हुन्डाई, किआ, सामसुङ र एलजीजस्ता कम्पनीहरूमार्फत तीन दशकभन्दा बढी समयदेखि बलियो औद्योगिक उपस्थिति बनाएपछि दक्षिण कोरियाली कम्पनीहरू भारतमा लगानीको दोस्रो लहरका लागि तयार रहेको बताएका छन्। जेएसडब्लू स्टिल र पोस्कोले ओडिसामा ६ मिलियन टन क्षमताको ग्रिनफिल्ड स्टिल प्लान्ट स्थापना गर्न संयुक्त उद्यम सम्झौता घोषणा गरेसँगै अब विभिन्न राज्यहरूमा लगानीलाई विविधतापूर्ण बनाउने चासो पनि बढेको छ।
Read full story at source (lokaantar.com)