प्युठानमा जीप दुर्घटना, ८ जना घाइते
lokaantar.com

प्युठानको झिमरुक गाउँपालिका ३ लामासेरास्थित बाग्दुलाबाट गौमुखी जाने सडकखण्डमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
नारीकोटबाट बाग्दुलाका लागि छुटेको लु १ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स गाडी ब्रेक फेल भई सडकमा पल्टिएको हो । गाडीमा चालकसहित १४ जना सवार रहेका प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)