भुटानका दुई मन्त्रीले दिए राजीनामा
ratopati.com · Tue Aug 11 07:34:22 GMT 2026

भुटान । भुटानका गृह मामिला मन्त्री ल्योन्पो छेरिङ र ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो गेम छेरिङले पदबाट राजीनामा दिएका छन् । मंगलबार भुटानी प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत यसबारे जानकारी गराएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार, प्रधानमन्त्रीको सिफारिसमा राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् । भुटानको संविधान तथा ल्हेङ्ग्ये झुङ्छोग ऐन, २०२१ अनुसार राजीनामा स्वीकृत गरिएको हो । दुवै जना पूर्वमन्त्री संसद् सदस्यका रूपमा भने निरन्तर रहनेछन् ।
Read full story at source (ratopati.com)