प्रहरीले नै मिलेमतोमा तस्कर भगाएको आरोपपछि सप्तरीमा छानबिन समिति गठन
nepalpress.com · Tue Aug 11 07:44:09 GMT 2026

जनकपुरधाम । सप्तरीको बोदेबरसाईनमा सामानसहित पक्राउ परेका तस्कर शंकास्पद तवरले छुटेको विषयमा छानबिन समिति बनाइएको छ । प्रहरी प्रमुखकै आदेशमा तस्करलाई छाडिएको आरोप लागेपछि जिल्लाले छानबिन समिति बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता हेमराज घिमिरेले घटनाबारे छानबिन गर्न समिति गठन गरिएको पुष्टि गरेका छन् । उनका अनुसार सञ्चारमाध्यममा आएको विषयको वास्तविकता पत्ता लगाउन प्रहरीका वरिष्ठ अधिकारीसहित पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
Read full story at source (nepalpress.com)