विदेश जानु पर्दैन, गड्यौला मल बेचेर वार्षिक २२ लाखसम्म आम्दानी
ratopati.com · Tue Aug 11 07:52:14 GMT 2026

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन्।
चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गड्यौला मल बेचेर आफूले विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भएको उनले बताए। “मेहनत गर्ने हिम्मत र हातमा सीप भए एक–दुई लाख कमाउन विदेश जानु पर्दैन”, लोप्चनले भने। धमाधम मल प्याकिङ गरिरहेका लोप्चनले किसानहरूको मागअनुसार मल दिन नसकेको बताए।
Read full story at source (ratopati.com)