मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
nepallive.com · Tue Aug 11 07:55:13 GMT 2026

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउँदै महिला सशक्तीकरण, बालअधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
Read full story at source (nepallive.com)