सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्य: कपन वर्कसपमा वार्षिक १ लाख ४० हजार युनिट सौर्य ऊर्जा उत्पादन हुने
clickmandu.com · Tue Aug 11 07:58:25 GMT 2026

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रा.लि. र नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्यरत प्राइम रिन्युएबल्स प्रा.लि. बीचको सहकार्यमा काठमाडौँको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिक क्षमताको रूफटप सोलार पिभी प्लान्ट सञ्चालनमा ल्याइएको छ ।
उक्त प्लान्टको हालै आयोजित एक विशेष समारोहका बिच सिप्रदी ट्रेडिङका सीइओ राजनबाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरे । सम्झौता भएको तीन महिनाको छोटो अवधिमै निर्माण सम्पन्न भएको यस परियोजनाले नेपालको व्यावसायिक क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोगमा नयाँ आयाम थपेको छ ।
Read full story at source (clickmandu.com)