मोर्बिडेली टी–२५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
clickmandu.com · Tue Aug 11 07:56:39 GMT 2026

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नाइमा एक्स्पोमा प्रतीक्षित ‘मोर्बिडेली टी–२५० एक्स’ सार्वजनिक गरेको छ । नेपालमा मोर्बिडेलीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको ‘बल्क डेलिभरी’ सुरु गरिसकेको छ ।
ग्राहकहरूले मोर्बिडेलीको आकर्षक स्टाइल, उत्कृष्ट इन्जिन प्रदर्शन, आधुनिक सुरक्षा प्रविधि तथा आरामदायी राइडिङ अनुभवको खुलेर प्रशंसा गरेको र यही सकारात्मक प्रतिक्रियाले नेपाली बजारमा मोर्बिडेलीप्रतिको विश्वास अझ मजबुत बन्दै गएको भन्दै कम्पनीले मोर्बिडेली टी–२५० एक्स सार्वजनिक गरेको हो ।
Read full story at source (clickmandu.com)