अनशनरत विनय यादवको स्वास्थ्यप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह
ukeraa.com

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सरकारसँग भएको सहमति कार्यान्वयनलगायतका माग राखेर माइतीघरमा आमरण अनशनमा बसेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न नेपाल सरकारलाई आग्रह गरेको छ।
आयोगले मंगलबार एक प्रेस-विज्ञप्ति जारी गर्दै अनशनरत यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्यउपचारका लागि पहल गरी उनको जीवन रक्षा गर्नुका साथै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको हो।
Read full story at source (ukeraa.com)