मन्त्री बादी र राजदूत अर्न्स्टबीच शिष्टाचार भेट
nepalnews.com · Tue Aug 11 08:08:46 GMT 2026

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भेटमा उनीहरुबीच नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए। आज मन्त्रालयमा महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका छलफल भएको थियो।
Read full story at source (nepalnews.com)